२०८३ असार ७, आइतवार
 

नेपाल खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाका १७ प्रश्ताव

prabhu bank home loan

काठमाडौं,

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।

बिहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको जानकारी गराइयो । त्यस्तै राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।

भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि भेलाले माग गरेको छ । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 + 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने