२०८३ बैशाख ५, शनिबार
 

व्यवसायीका अप्ठ्यारालाई सहज बनाउन प्रतिवद्ध छौँ: प्रधानमन्त्री

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसाय सञ्चालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्ययवसायीहरुलाई अपिल गर्नुभएको छ । देशका अग्रणी उद्योग व्यवसायीसँग शुक्रबार प्रधानमन्त्री निवासमा आयोजित छलफल एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन कानुनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ’, उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा यस्ता उद्योग व्यवसाय क्षेत्रको हितका लागि कानुन सुधार गर्न संसद अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउनसमेत आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघ लगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न र कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

यसै गरी हालको कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनु पर्ने सुझाव समेत उनीहरुको थियो । यसै गरी औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुली लगायतका पुर्वाधारको व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकार निकट भविष्यमा नै देशको आर्थिक परिचय फेर्ने योजनाका साथ अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने समेत बताउनुभयो । उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमुलक व्यवसायतर्फ लाग्न समेत उहाँले आव्हान गर्नुभयो । ‘ठूलो परिमाणमा उत्पादन, गुणस्तरीयता, प्रतिस्पर्धात्मक मूल्य र समयमै उपलब्धतामार्फत दुई तिरका छिमेकमा रहेको ठूलो बजार पाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाई थियो ।

सरकार लक्ष्य निधारण गरेर अघि बढीरहेको बताउँदै उहाँले सबै नागरिकका जैविक र मानवीय आवश्यकता पुरा गर्नेतर्फ सरकार अघि बढीरहेको समेत बताउनुभयो । एउटा क्षेत्रमात्र नभई समग्र क्षेत्रको उन्नतीका लागि अघि बढन खोजिएको भनाई पनि प्रधानमन्त्रीको थियो । ‘कोही पनि पछाडी पर्नु हु्न्न र पछाडी पारिनु हुन्न भन्ने धारणा सरकारको छ’, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने