२०८३ बैशाख ५, शनिबार
 

सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने

prabhu bank home loan

काठमाडौं,

प्राथमिक सेयर (आइपिओ) जारी गर्नका लागि सर्वोत्तम सिमेन्ट प्रा.लि.ले बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तम सिमेन्ट प्रा.लि.ले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।

त्यस्तै प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ ।

हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले ६० लाख कित्ता सेयर सर्वसाधारण समूहलाई जारी गरेर ४ अर्ब पुर्याउने भएको हो । आइपिओ जारी भएपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने योजना रहेको कम्पनीको दावी छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँमा प्राथमिक सेयर (आइपिओ) जारी गर्नका लागि प्रस्ताव गरेको छ । कम्पनीले सो मूल्य प्रस्ताव गरे पनि बुक बिल्डिङबाट तय हुने मूल्यपछि मात्रै आइपिओको मूल्य निर्धारण हुनेछ ।

के हो बुक बिल्डिङ्ग विधि ?
साधारणतया सार्वजनिक निष्काशनमा प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन नगरी योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा वास्तविक मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ्ग विधि हो ।

अर्थात बुक बिल्डिङ्ग विधि भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि हो ।

यो विधि लागू भएपनि यसअघि जस्तै अंकित मूल्यमा पनि आईपीओ भने जारी हुनेछन् । आईपीओ निष्कासनमा लागू गरिएको उक्त विधि सबै कम्पनीलाई अनिवार्य छैन ।

बजारले देशको आर्थिक स्थिति यर्थाथ रूपमा प्रतिबिम्बित गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरू खास गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमार्फत पूँजी परिचालन गराउन बुक बिल्डिङ्ग विधि महत्वपूर्ण माध्यम मानिन्छ । यसले प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्र तथा शेयरको वास्तविक र न्यायोचित मूल्य निर्धारण गर्दछ ।

सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाहरूले निम्न बमोजिमको शर्तहरू पूरा गरेपश्चात् मात्र बुक बिल्डिङ्ग विधिबाट प्रिमियम मूल्यमा धितोपत्र निष्काशन गर्न योग्य हुनेछन्ः

१) कम्तिमा ३ बर्षदेखि कारोबार सञ्चालन गरेको वा व्यापारिक उत्पादन गरिरहेको हुनुपर्ने ।

२) कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष खुद नाफा आर्जन गरेको हुनुपर्ने ।

३) कम्तिमा पछिल्लो दुई आर्थिक वर्ष व्यवसाय सञ्चालनबाट नगद प्रवाह धनात्मक हुनुपर्ने ।

४) निष्काशन गर्ने धितोपत्रको कम्तीमा ५० प्रतिशत धितोपत्रको प्रत्याभूति गराउनुपर्ने ।

५) सार्वजनिक निष्काशनमार्फत संकलन गरिने रकम कम्तीमा २५ करोड रूपैयाँ हुनुपर्ने ।

६) संगठित संस्थाको आधारभूत शेयरधनी र सञ्चालकहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने