२०८३ असार ७, आइतवार
 

चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना अभियान सुरु हुँदै

prabhu bank home loan

काठमाडौं,

सरकारले यही चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना अभियान सुरु गर्दैछ । गएको चैतमा गर्न लागिएको राष्ट्रिय गैँडा गणना कोरोना संक्रमणका कारण स्थगित भएको थियो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ ।

गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ।

गणनामा ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिने प्रमुख संरक्षण अधिकृत बरालको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैँडा गणना हुँदैछ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो ।

यसअघि सन् २०१५ को गणनामा नेपालमा कूल ६ सय ४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६ सय  ५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने