२०८३ असार ७, आइतवार
 

तीन महिनापछि मतदाता नामावली संकलन हुँदै, जम्मा मतदाता एक करोड ६२ लाख

prabhu bank home loan

काठमाडौं,

गएको पुस ५ गतेबाट रोकिएको मतदाता नामावली संकलन कार्य भोली चैत ५ गतेबाट पुन सञ्चालन हुने भएको छ । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो ।

आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । १८ वर्ष पुगेका र १६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएकाहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

निर्वाचनको मिति घोषणा भएपछि आयोगले कानून बमोजिम मतदाता नामावली संकलन स्थगित गरेको थियो ।

देशभर १ करोड ६२ लाख मतदाता

निर्वाचन आयोगका अनुसार २०७४ को प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनयता ८ लाखले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।

सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ जना रहेका छन् । झापामा ६ लाख ९ हजार ३ सय ७४ जना रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ जना मतदाता रहेको उहाँको भनाइ छ । देशभर १० हजार ६ सय ६० मतदातस्थल रहेको र मतदातामध्ये पुरुष ८२ लाख ११ हजार ९ सय ५४, महिला ८० लाख ३० हजार ९ सय ८४ र तेश्रो लिङ्गी एक सय ७२ जना रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कुन जिल्लामा कति मतदता ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने