२०८३ असार ८, सोमवार
 

हितग्राही खाता (डिम्याट) को संख्या ३० लाख ४१ हजार नाघ्यो

prabhu bank home loan

काठमाडौं,

सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै डिम्याट खाताको संख्या ३० लाख ४१ हजार नाघेको छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) खुलेपछि सर्वसाधारणहरुको सेयर बजारमा आकर्षण ह्वात्तै बढेको हो ।

सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् । सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ ।

यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । सामान्य अर्थमा भन्नुपर्दा सेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो । बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ ।

डिम्याट खाता खोल्नेहरुको संख्या ३० लाख ४१ हजार नाघे पनि दैनिक बजारमा कारोबार गर्नेहरुको संख्या भने अत्यन्तै कम छ । अहिले दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ४ लाख हाराहारीमा रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

आईपीओ भर्नेहरुकै कुरा गर्ने हो भने पनि हालसम्म १६ लाख हाराहारीले मात्रै आईपीओका लागि आवेदन दिने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने