२०८३ बैशाख १८, शुक्रबार
 

निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ कार्यान्वयनमा

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ कार्यान्वयनमा ल्याएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित मिथ्या सूचना, दुस्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन, तत्काल व्यवस्थापन तथा सूचना स्रोतको आधिकारिकता यकिन गर्न सक्षम जनशक्ति र संस्थागत प्रणालीको विकास गर्ने प्रयोजनका लागि निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७ ल्याइएको हो ।

निर्वाचनका सबै चरणमा राजनीतिक दल, सञ्चारमाध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचन सम्बन्धी सूचना, जानकारी तथा विषयहरुको अनुगमन गर्नेजस्ता कार्यका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको सोमबार आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी एकीकृत एवं उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने, निर्वाचन व्यवस्थापनमा हुने जानकारी तथा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिक सञ्जालको विशेषता अनुरुप हुने गरी रुपान्तरण गर्ने, सूचना प्रविधिको उपयोगमा सामाजिक सञ्जालले सिर्जना गरेका अवसर र सम्भावनाको उपयोग गर्दै निर्वाचनमा आउन सक्ने चुनौती व्यवस्थापन गरिने छ ।

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७ सार्वजनिक गरेको भोलिपल्टै सर्वोच्च अदालतले सरकारले गरेको प्रतिनिधिसभा बिघटन र आगामी बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचन बदर गरिदिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने