२०८३ बैशाख १८, शुक्रबार
 

अनलाइन पत्रकारिताको सीप सिक्दै पत्रकार

prabhu bank home loan

धुलिखेल,

सञ्चार रजिष्ट्रारको कार्यालयले बागमती प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई बुधबार काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम शुरु गरेको छ । बागमती प्रदेशका उपसभामुख राधिका तामाङले उदघाटन गर्नु भएको तालिम फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा बागमती प्रदेशका सिन्धुली,रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन् । सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिदै हुनु हुन्छ ।

तालिमको उदघाटन गर्दै उपसभामुख तामाङले गुणस्तरिय समाचार उत्पादनमा यस्ता तालिम उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सभाले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन अनुसार बनाएर सञ्चालनमा आएको सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भएको दुई बर्ष नपुग्दै यसले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमले पत्रकार र पत्रकारितालाई सहजीकरण गरिरहेको बताउनुभयो ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र बिश्वस्तरिय पाठक,स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गर्नु भयो । सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ‘पत्रकारितालाई गुणस्तरिय बनाउन प्रविधिलाई उपयोग गर्ने बिधि र अनलाइन पत्रकारिताका बिबिध पक्षमा जानकारी गराउने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको हो ।’ अनलाइन पत्रकारिताको बिस्तारसँगै यसको गुणस्तर बृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको हो । सञ्चार रजिष्ट्रारको कार्यालयले करीव ८० जना पत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ ।

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिनु भएको थियो । तालिम अघि सहभागीका वीचमा गरिएको सर्भे अनुसार स्नाकोत्तर र सो भन्दा बढी अध्ययन गरेका २१.१ प्रतिशत, स्नातक अध्ययन गरेका ५२.६ प्रतिशत र उच्च माद्यामिक तहको अध्ययन गरेका २१.१ प्रतिशत पत्रकार तालिममा सहभागी रहेका छन् ।

पत्रकारितालाई मूल बिषय बनाइ अध्ययन गरेका ३६.८ प्रतिशत र पत्रकारिता बाहेक अन्य बिषय अध्ययन गरेर पत्रकारिता गरिरहेका ६३.२ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । एक बर्षको पत्रकारिता अनुभव भएका १६.७ प्रतिशत, एक बर्षदेखि चार बर्षको अनुभव भएका ३३.३ प्रतिशत र चार बर्षभन्दा बढी पत्रकारिताको अनुभव भएका ५० प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

तालिममा सहभागी मध्ये ८९.५ प्रतिशतसँग अनलाइन पत्रकारिताको अनुभव छ भने पत्रिकामा काम गरेको अनुभव भएका पत्रकार ५२.६ प्रतिशत छन् । रेडियोमा काम गरेको अनुभव भएका ५७.९ प्रतिशत पत्रकार छन् भने टेलिभिजनको अनुभव भएका १०.५ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । डकुमेन्ट्री र मल्टिमिडियाको उत्पादन गरेको अनुभव भएका ३६.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । नेपाली युनिकोड फन्टमा काम गर्ने ६६.७ प्रतिशत पत्रकार तालिममा सहभागी छन् भने ३३.३ प्रतिशत पत्रकारसँग युनिकोड फन्टमा काम गरेको अनुभव छ्रैन ।

गुगलको एडभान्स सर्चबारे परिचित पत्रकार ६४।७ प्रतिशत र गुगल एनालाइटिक्समा परिचित पत्रकार ४१.२ प्रतिशत तालिममा सहभागी छन् । गुगल ट्रेन्डमा परिचित हुने ११.८ प्रतिशत, गुगल म्यापमा परिचित हुने ८२.४ प्रतिशत र गुगल स्कोलरमा परिचित हुने १७.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

एचटीएमएल सम्बन्धी ज्ञान नभएका पत्रकार ५० प्रतिशत छन् भने सामान्य जानकारी भएका पत्रकार ४४.४ प्रतिशत रहेका छन् । एचटीएमएलमा राम्रो ज्ञान भएका पत्रकार ६.६६ प्रतिशत तालिममा सहभागी छन् । वर्डप्रेसमा काम गरेको अनुभव भएका पत्रकार ८९.५ प्रतिशत छन् भने १०.५ प्रतिशत पत्रकारसँग वर्डप्रेसमा काम गरेको अनुभव छैन ।

फोटोसपमा वेबका लागि सेभ गर्ने फाइल फम्र्याटबारे दक्षता भएका ६९.२ प्रतिशत, क्रप र साइज परिवर्तन गर्न सक्ने ८४.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । शिर्षक र क्यापसन लेख्न सक्ने ५३.८ प्रतिशत, फोटोहरु जोडेर कोलाज बनाउन सक्ने ५३.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । तालिममा सहभागी भएका मध्ये २५ बर्ष भन्दा कम उमेरका २७.८ प्रतिशत र २५ देखि ४० बर्ष उमेर समूहका ७२.२ प्रतिशत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 − five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने