२०८३ भदौ ९, मङ्लबार
 

पाँचपोखरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छानिएका कामदारलाई अभिमुखिकरण

prabhu bank home loan

सिन्धुपाल्चोक,

पाँचपोखरी थाङपाल गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सञ्चालन हुने आयोजनाहरुमा काम गर्न छनोट भएका कामदारहरुलाई वडा स्तरमा अभिमुुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा यस गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र कामका लागि पारिश्रमीकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु. १,८८,७६,०००।०० (एक करोड अठासी लाख छयहत्तर हजार रुपैयाँ) सशर्त अनुदान प्राप्त भएको छ ।

उक्त रकम कामदारको पारिश्रमीकमा मात्र खर्चहुनेछ । आयोजना सञ्चालनका लागि गाउँपालिकाले कामसँग रोजगारी र राहत कार्यक्रम अन्तरगत रु. ३०,००,०००।०० (तीस लाख रुपैयाँ) लागत साझेदारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्राप्त अनुदानबाट रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार मध्ये ३ सय ६५ जनाले १०० दिनको न्यूनतम रोजगारी प्राप्त गर्नेछन् भने गाउँपालिकाको तर्फबाट लागत साझेदारी गरिएको रकम आयोजनामा प्रयोग हुने निर्माण सामग्री तथा आयोजना व्यवस्थापनका लागि खर्च हुनेछ ।

वडा स्तरमा कामदार अभिमुखिकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा रोजगार सेवा केन्द्रको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ ।

ङिमाछिरिङ तामाङ, वडाअध्यक्ष पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने