

मान बहादुर खड्का,
मान्छे आफैँ
आफ्नो हुन नसक्दो रहेछ
म पनि मेरो होईन
मेरा सरिरका अङ्गहरु मेरा होइनन् ।
मुटु अर्काको
धड्कन अर्काको
नसा नसामा रगत अर्काको
म त उसैको हूँ
जस्ले प्राय मलाई
आँफ्नै हो भन्दैन ।
कहिले यी देउताले तिम्रो खाली पेट भरे ?
के कहिले यी आँसु पुछे ?
बिरामी हुँदा सोधेनन
उपचार त के कुरा ।
खुसी हुदा सँगै नाचेनन्
न सँगै रोए कुनै पल
र पनि तिमिले पूजा गर्न छोडिनौ
ति ढुङ्गाहरुको
किनकी ति त देउता हुन्
जस्तो कि म तिम्रो हूँ
तिमि मेरी हौ ।
तिमि यस्तै हुनु
देउता जस्तै
मेरी हुनु
हजारौँ वर्षसम्म
यस्तै यस्तै ।

