२०८३ भदौ ९, मङ्लबार
 

प्रचण्ड नेपाल समूहको अपिलः ‘देश जोगाउन मैदानमा उत्रौं’ (पूर्णपाठसहित)

कमी कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं

prabhu bank home loan

काठमाडौं,

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनका लागि मैदानमा उत्रिन कार्यकर्तालाई अपील गरेको छ । ‘देश जोगाउन मैदानमा उत्रौं’ भन्दै प्रचण्ड-नेपालले आफ्ना अरु सबै विषय थाँती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रचण्ड नेपालले ६ पेज लामो अपील सार्वजनिक गर्दै आत्मालोचित भएर जनभावना अनुरुप अगाडि बढ्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेका छन् । ‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरूप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं,’ प्रचण्ड(नेपालको अपीलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाँती राखेर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय राजनीतिक दल नागरिक समाज मतदाता कार्यकर्ता शुभेच्छुक र समर्थक साथीहरूलाई हार्दिक आह्वान गर्दछौं ।’

असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसहरूले जे(जस्ता तर्क गरिरहेका भए पनि प्रधानमन्त्रीको कदम प्रतिगामी नै रहेको उनीहरूको ठहर छ । ‘प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको छ,’ अपीलमा भनिएको छ, ‘यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट आम जनसमुदाय र पार्टीका तमाम नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा मतदाताहरुलाई संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनका लागि अह्वान गर्दछौं ।’

विगतमा चार पटकसम्म प्रतिनिधिसभा विघटन गरिएका उदाहरणलाई हेरेर प्रधानमन्त्रीले जुनसुकै बेला प्रतिनिधिसभा विघटन र चुनावको सिफारिस गर्न पाउने अधिकार यो संविधानमा हटेको प्रचण्ड(नेपालको तर्क छ ।

पढ्नुस् अपिलको पूर्णपाठः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने