२०८३ असार ८, सोमवार
 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सेनाको विविध कार्यक्रम

एकीकरण पदयात्रा समापन

prabhu bank home loan

काठमाडौं,

नेपाली सेनाले पनि ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा एकीकरण पदयात्रा समापन गरिएको छ भने प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डास्थित पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गर्नु भएको नेपाली सेनाले जनाएको छ ।

दिवसको अवसरमा नेपाली सेनाले पुस १८ गतेदेखि नैं देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरेको थियो । सञ्चालित कार्यक्रमहरुमध्ये गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा उल्लेखनीय रहेको सेनाले जनाएको छ । जुन पुस २१ गते गोरखाबाट सुरु भई पुस २७ गते हनुमान ढोकामा आएर समापन भएको थियो ।

पदयात्राका क्रममा हिमाली, पहाडी, तराई तथा काठमाडौंका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाथ सहितको सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 + 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने