२०८३ बैशाख ५, शनिबार
 

आजको दिनले सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपतिको विश्‍वास

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रपतिको सन्देश

तस्वीर सौजन्यः राष्ट्रपति कार्यालयको वेभसाइट ।
prabhu bank home loan

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गर्नुभएका पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पणसमेत गर्नुभएको छ ।

‘नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको छ । वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ,’बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य हो । यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्‍चित छ ।’

पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई शाहले अनुसरण गरेको बताउनु भएको छ ।

‘नेपालको भू अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्नका लागि सदा स्मरणीय सन्देशहरू छाडेर जानुभएको छ। उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन्,’ सन्देशमा भनिएको छ, ‘हाम्रा पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ। आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्‍वास लिएको छु।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने