

काठमाडौं,
आज २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, विभिन्न कार्यक्रमसहित नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि. सं. १७७९ पुस २७ गते जन्मनुभएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
यद्यपि, शाहको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उहाँ राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

