२०८३ बैशाख ५, शनिबार
 

माघ १ गतेबाट नाटकघर खोल्ने तयारी

नाटकघर
prabhu bank home loan

काठमाडौं,

कोरोनाका कारण लामो समयदेखि बन्द भएका देशभरका नाटकघरहरु माघ १ गतेदेखि खोल्ने तयारी भैरहेको छ । थिएटर हबका संयोजक देव न्यौपानेका अनुसार चालू अवस्थामा रहेका नौ नाटकघर क्रमबद्ध रूपमा खोल्ने तयारी भइरहेको छ ।

थिएटर हबले देशभरका नाटकघरलाई एकै थलोमा ल्याउने प्रयत्न गरिरहेको छ । ‘हरेक क्षेत्रमा प्रतिबन्ध हटिसक्दा पनि नाटकघर अझै नखोल्नुमा कुनै ठोस कारण छैन ।’ संयोजक देव न्यौपानेले भन्नुभयो, ‘त्यसैले नाटकघरसँगको सहमतिमा यहाँको ढोका खुल्न लागिएको हो। रंगमञ्चहरू आवश्यक सुरक्षा सावधानी अपनाउँदै खोल्ने तयारी भैरहेको छ ।’

कोरोना महामारी र लकडाउनले अन्य क्षेत्रमा झैं रंगमञ्चमा ठूलो आर्थिक एवम् सामाजिक असर पुर्‍यायो । नाटकघर र रंगकर्मीको समस्या सम्बोधन गर्ने र एकमुष्ठ रूपमा दर्शकमाझ पुर्‍याउने काम थिएटर हबले गर्दै आएको छ ।

नाटकघर पुनः सुरू गर्ने विषयमा हबले झन्डै ४ महिनाअघिबाट छलफल गरिरहेको न्यौपानेको भनाइ छ । ‘अहिले नाटकघर खुल्यो भन्ने सन्देश मात्र दियौं भने अबको डेढ महिनामा नाटक मञ्चन पनि हुनसक्ने विश्वास राखेका छौं,’ उहाँले भन्नुभयो, ‘नाटकघरसम्म दर्शक तान्न सुरूमा नाटकघर खुल्ने जानकारी दिन जरूरी रहेकै कारण यसो गरेका हौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने