२०८३ असार ६, शनिबार
 

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

prabhu bank home loan

काठमाडौं,

लोकसेवा आयोगले बिहीबार आयोगका तर्फबाट सम्पादित कामहरु समेटिएको एकसट्ठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यो अवधिमा निजामती सेवातर्फ ३ सय ४ जना उम्मेदवारहरु स्थायी नियुक्तिका लागि सिफारिस भएको र ८ वटा विज्ञापनका कुल १२ पदका लागि लिइएको परीक्षामा कुनै पनि उम्मेदवार उत्तिर्ण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सेवातर्फ भने प्रतिवेदन अवधिमा ८ हजार ६ सय ३९ उम्मेदवारहरु स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

कोभिड १९ को महामारीका कारण परीक्षाहरु स्थगित गर्नुपरेकाले यस वर्ष सिफारिस संख्या कम देखिएको हो । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । आयोगका वर्तमान पदाधिकारीहरुको नियुक्ति पछिको यो छैठौं तथा अन्तिम प्रतिवेदन हो ।

आगामी चैत्र १० गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधि समाप्त हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने