२०८३ असार ६, शनिबार
 

माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो । २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको आयोगका प्रवक्ता प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘माघ १५ देखि २१ गतेभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह समेत गरेको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘मृत्यु भएका वा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुर दिन पनि आयोगले सबैमा आग्रह गरेको छ ।’

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित समेत गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने