नाट्य कर्मी महासंघ नेपालको आयोजनामा राष्ट्रिय बाल नाटक मेला हुदैछ । राष्ट्रिय नाच घर र प्याब्सन सह आयोजक रहेको उक्त मेला फागुन ८ देखि १३ गते सम्म राष्ट्रिय नाच घरको हलमा हुदैछ ।
देशै भरीबाट आएका ११ वटा विद्यालयका नाटकहरुले सहभागी हुदैछन् । ३५ वटा नाटकहरुबाट छनौट भएका ११ वटा नाटकहरु बिच अन्तिम प्रतिस्पर्धा हुदैछ । प्रतिस्पर्धामा सर्बोस्कृष्ट विद्यालयको नाटकले १ लाख धन राखी पाउने छ भने २१ वटा विधामा उत्कृष्ट नाटकहरुले जनही २०/२० हजारको पुरस्कार पाउनेछन् ।
बालबालिकासँग सम्बन्धित नाटकहरुले मात्र प्रतिस्पर्धामा सहभागिता पाउदैछन् । नाटक छनौटको मूख्य आधार नै बालबालिका भएको जानकारी मेलाका संयोजक राजेन्द्र रिमालले दिए ।
बालबालिकाहरुको मनोविज्ञान, बालबालकिासका समस्या, उनीहरुको हुकाई, पढाई जस्ता विषय वस्तुलाई बालबालिकाहरुले कलात्मक रुपमा नाटक मार्फत सन्देश दिनेछन ।