२०८१ मंसिर २५, मङ्लबार
 

World Bank को नाम बेचेर अबैध धन्धा चलाउँदै गभर्नर महाप्रसाद अधिकारी

सवारी साधन दूरुपयोग प्रकरण

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले World Bank, IMF, IFC   जस्ता अन्तराष्ट्रिय संस्थाहरुको नाम बेचेर गरीरहेको अबैध धन्धाको पर्दाफास भएको छ । विभिन्न बाहाना बनाएर गरीरहेको अबैध धन्धा लुकाउन खोजे पनि प्राप्त प्रमाणहरुले अबैध धन्धाको खुलासा भएको छ ।
हामीले गभर्नर महाप्रसाद अधिकारीको अबैध धन्धा शिर्षक राखेर समाचार प्रकाशन गरेका थियौं । समाचारमा २२ वटा गाडीको प्रयोजन नेपाल राष्ट्र बैंकले देखाउन नसकेकोले ती सवारी साधन भाडामा दिई अबैध धन्धा गभर्नरले गरीरहेको दाबी गरीएको थियो ।

हेर्नुहोस् समाचार

गभर्नर महाप्रसादको अबैध धन्धा

हाम्रो उक्त समाचारको खण्डन गर्दै नेपाल राष्ट्र बैंकले वर्ड बैंक, आइएमएफ र आइएफसि संस्थाहरुलाई सावरी साधान उपभोग गर्न दिइएकोले सवारी साधान दूरुपयोग नभएको भनि खण्डन गरेको थियोे ।


नेपाल राष्ट्र बैंकले खण्डन गरेपछि हामीले World Bank, IMF र IFC सँग नेपाल राष्ट्र बैंकका सवारी साधन उपभोग गरेको विषयमा जिज्ञाषा राखेका थियौ ।
IMF ले हाम्रो जिज्ञाषाको कुनै प्रतिक्रिया दिएन । World Bank र IFC ले नेपाल राष्ट्र बैंकका कुनै पनि सवारी साधन उपभोग नगरेको जानकारी दिएको छ ।


पछिल्लो प्राप्त विवरण अनुसार ३६ वटा सवारी साधनहरु नेपाल राष्ट्र बैंकका गभर्नरले अबैध कार्यमा लगाएको देखिन्छ । सर्वसाधारणलाई देखाउन विभिन्न विदेशी संस्थाको नाम दिएर दूरुपयोग भएका सवारी साधन गभर्नर लगायत राष्ट्र बैंकका उच्च तहका कर्मचारीले सवारी साधन गर्लफ्रेण्ड, आफन्त, नेता तथा व्यापारीहरुलाई दिएका हुनसक्छ ।

राष्ट्र बैंकले के कति कारणले झूठो बोेल्यो ? कर्मचारीलाई झूठो लेख्न कस्ले लगायो ? हाम्रो प्रश्न नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्ट, सूचना अधिकारी नारायण प्रसाद पोखरेल, र गभर्नर महाप्रसाद अधिकारीलाई थियो । उनिहरुले हाम्रो संचार गृहको नं. ब्लक गरेकाले सम्पर्क हुन सकेन । कार्यालयमा सम्पर्क गर्दा गभर्नर सम्पर्कमा आउन चाहेनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने