२०८३ बैशाख १८, शुक्रबार
 

महादेवको नयाँ सुट (कविता)

prabhu bank home loan

मानबहादुर खड्का,

देवादिदेव महादेवसँग
एक जोर न्यानो कपडा किन्ने पैसा थिएन
साईटिस सन्धी र वन कानूनका कारण
बाघ मार्न बञ्चित गरिएपछि
बाघको छाला बजारमा पाईएन ।

पुरानो छाला फाटेर फालेपछी
महादेव नाङ्गै बसेका थिए पशुपतिमा
भर्खरै भ्यासेक्टोमी तालिम गरेर फर्केकी
एक लेडी डाक्टरले अपरेशनको तयारी गरेपछी
महादेवजी स्लेश्मान्तक वनभित्र
बेपता हुनु भो ।

अचेल माता पार्वती
सँधै किचकिच गर्दिरहिछन्
बनारसी सारी छड्के तिलहरी र हाई हिल चाहियो रे
पहिलेको वनजङ्गल मासिएर सडक बनेपछी
टोयोटा हाईलक्स माग्दी रहिछन्
हिमालय पर्वतसँग दाइजो दिने क्षमता थिएन ।

महादेवको न जागिर छ न पुर्ख्यौली सम्पती
अलिअली भएको गाँजाको व्यापार पनि
प्रहरीले छापा मारेर बन्द गरिदिएछन्
कुमार पल्सर मयुर चडेर सौरहातिर गए
भुंडे गणेश अब मुसा चढ्दिन भनेर
दिनरात कचकच गर्दारहेछन् ।

जीवनदेखि दिक्क महादेव
कतै टाढा बैरागी भएर हिंड्नु भएको छ
त्रिशूल र कमण्डलु बेचेर भए पनि
एक जोर सुट हाले नि हुन्थ्यो नि प्रभु !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने