

काठमाडौं,
काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस २०७७’ सम्पन्न भएको छ । सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस २०७७’ अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । हेलिकप्टर मार्फत उद्धार सम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हात हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।
सो समारोहमा सम्माननिय राष्ट्रपतिज्युबाट ‘नेपाल एकिकरणको ईतिहास (१८०१ १८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही बार्षिक २०७७’ को विमोचन गर्नुको साथै फ्रि फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।
हेर्नुहोस् केही तस्वीरहरुः




