

एजेन्सी,
फिनल्याण्ड लगातार चौथो वर्ष विश्वकै सबैभन्दा खुसी देशको सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सहयोगमा वल्र्ड ह्याप्पिनेस रिपोर्टले फिनल्याण्डपछि डेनमार्क दोस्रो खुसी देश भएको जनाएको छ । रिपोर्टका अनुसार स्वीटजरल्याण्ड तेस्रो, आइसल्याण्ड चौथो र नेदरल्याण्ड पाँचौँ स्थानमा परेका छन् ।
शीर्ष दश खुसी देशमा न्यूजील्याण्डबाहेक सबै युरोपियन परेको बीबीसीले लेखेको छ । अघिल्लो वर्ष १३ औं स्थानमा रहेको बेलागत भने तीन स्थान तल झर्दै १७ औँ स्थानमा पुगेको छ । विश्वका एक यि ४९ देशमा गरिएको सर्वेक्षणका आधारमा यो प्रतिवेदन सार्वजनिक भएको हो । जसमा सबै देशलाई आफ्नो खुसीको स्तर उल्लेख गर्न भनिएको थियो ।
सामाजिक जीवन, निजी आवास, कुल ग्राहस्थ उत्पादन तथा भ्रष्टाचार लगायतका सूचकको आधारमा खुसीको स्तर मापन गरिएको बीबीसीले लेखेको छ ।

