२०८३ बैशाख ५, शनिबार
 

नयाँ प्रकारको कोरोनाका कारण २०२० भन्दा २०२१ मा अझ कठिनः विश्व स्वास्थ्य संगठन

World Health Organization leaders at a press briefing on COVID-19, held on March 6 at WHO headquarters in Geneva. Here's a look at its history, its mission and its role in the current crisis.
prabhu bank home loan

एजेन्सी,

विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको कोरोना भाइरसको फैलावटका कारण वर्ष २०२१ अघिल्लो वर्ष २०२० भन्दा बढी कठिन हुने चेतावनी दिएको छ । नियमित मिडिया ब्रिफिङमा संगठनका प्रमुख डा. टेड्रोस आधानोमले नयाँ भाइरसले यो वर्ष अझ कठिन हुने बताउनु भएको हो ।

कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रामक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो  । बेलायत र ब्राजिलमा भेटिएको भनिएको नयाँ प्रजातिको कोरोना भाइरस सबै महादेशका ५० देशमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले भनेको छ ।

नयाँ म्युटेन्ट भाइरसले विकसित खोपको प्रभावकारितालाई पनि चुनौति दिएको भन्दै संगठनका प्रमुख डा. टेड्रोस आधानोमले सरकार प्रमुखहरुलाई गम्भिर बन्न आग्रह पनि गर्नुभएको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार (स्ट्रेन) २० देशमा फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ ।

एसियामा नयाँ भाइरस फैलने क्रम जापानमा तीव्र रहेको समेत संगठनले जनाएको छ । जापानमा अहिले आपतकाल लागु भैरहेको छ । शुक्रबारसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ भने संक्रमित संख्या ९ करोड नाघेको छ । यसमा सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र भारत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने