२०८३ असार ६, शनिबार
 

अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाउनुभयो कोरोना विरूद्धको खोप

prabhu bank home loan

एजेन्सी,

अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोरोना विरूद्धको खोप लगाउनु भएको छ । खोप निर्माता कम्पनी मोर्डनाले बनाएको खोप ह्यारिसले मँगलबार लगाउनु भएको हो ।

उहाँले कोरोना विरूद्ध खोप लगाइरहनु भएको दृश्यलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । अमेरिकामा कोरोना खोपलाई लिएर आमअमेरिकी नागरिकमा रहेको संशयलाई चिर्न त्यहाँका राजनीतिज्ञहरूले प्रत्यक्ष खोप लगाउने गरेका छन् ।

खोप लगाइसकेपछि उपराष्ट्रपति ह्यारिसले आफूलाई कतिखेर खोप लगाइसकियो भन्ने थाहा नैं नभएको प्रतिक्रिया दिनु भएको थियो । ‘म सबैलाई यो खोप लिन भन्छु । यो लगभग दुखाइबिनाको छ । यो सुरक्षित पनि छ, मलाई वैज्ञानिकहरूमाथि भरोसा छ’, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने