२०८३ जेष्ठ १६, शनिबार
 

काठमाडाैं उपत्यकामा आजदेखि मेलम्चीकाे पानी वितरण हुँदै

prabhu bank home loan

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आज (शुक्रबार) देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।

बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट वितरण शुरु गरिने जानकारी दिनुभयो । आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइने उहाँकाे भनाइ छ।

अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने प्रवक्ता राईले जानकारी दिनुभयो ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने