२०८१ माघ ३०, बुधबार
 

३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन

LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina lifts the FIFA World Cup Qatar 2022 Winner's Trophy after the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । दोहास्थित लुसेल मैदानमा आइतबार सम्पन्न निकै रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सन् १९८६ पछि विश्वविजेता बनेको हो । विश्वकपमा अर्जेन्टिनाको यो जित तेस्रोपटक हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल ३–३ गोलको बराबरीमा पुगेपछि टाइब्रेकरमा छिनोफानो भयो । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । प्रतियोगिताको सर्वाेत्कृष्ट गोलरक्षक चुनिएका मार्टिनेजले फ्रान्सका किङ्से कोम्यान र औरेलियन चोउमेनीको दुई पेनाल्टी बचाएर अर्जेन्टिनाको जित निश्चित गराए ।

अर्जेन्टिनाको जितमा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित कप्तान लियोनल मेसी, पाउलो डिबाला, लिआन्द्रो पराडेज र गोन्जालो मोन्टेजले गोल गरे भने फ्रान्सका केलियन एम्बाप्पे र रान्दल कोलो मुआनीले गोल गरे । कतार विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछिका खेलमा जित निकाल्दै आएको थियो ।

अर्जेन्टिनाले पहिलोपटक सन् १९७८ मा विश्वकप उपाधि जितेको थियो । सन् २०१४ को विश्वकप फाइनलमा मेसीकै नेतृत्वमा अर्जेन्टिना खेलेको थियो । फाइनलमा अर्जेन्टिना जर्मनीबाट १–० ले पराजित भयो । यता फ्रान्स लगातार दोस्रोपटक विश्वकप उचाल्ने इटाली र ब्राजिलको कीर्तिमान बराबर गर्नबाट चुक्यो । फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप जितेको थियो ।

मेसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । एम्बाप्पे सर्वाधिक गोलकर्ता चुनिँदा सर्वाेत्कृष्ट गोलरक्षकको उपाधि मार्टिनेजले जिते । त्यस्तै, प्रतियोगिताको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज घोषित भए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने