२०८३ असार ८, सोमवार
 

निर्देशन उल्लंघन गर्ने कृषि विकास बैंक र बैंक अफ काठमाण्डूलाई नगद जरिबाना

prabhu bank home loan

काठमाडौं –  नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कारवाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सनराइज र मेगा बैंक अगाडि देखिएका छन् । दुवै बैंकको व्यवस्थापन र सञ्चालक समितिलाई नियामकीय व्यवस्था उल्लंघन गर्दा राष्ट्र बैंकले ३ पटक सममा सचेत गराएको छ ।

सरकारी लगानी रहेको कृषि विकास बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनको उल्लंघन गर्दा २० लाख रुपैयाँ नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंक अफ काठमाण्डूलाई राष्ट्र बैंकले तोकेअनुसारको विपन्न वर्ग क्षेत्रमा कर्जा लगानी नगर्दा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगद जरिबाना गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै चारवटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । प्राइम कमर्सिलय बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र प्रभु बैंकले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु पनि रोक्का नराखेका हुन् ।

हिमालयन, सनराइज, मेगा र ग्लोबल आईएमई बैंकले ऋणीसँगको सम्झौता विपरीत प्रिमियम दर बढाएर कर्जाको ब्याजदर बढाएको भन्दै राष्ट्र बैंकले प्रमुख कार्यकराी अधिकृतलाई सचेत गराएको छ । ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्थाको छ ।

तर, ४ वटा बैंकले भने उक्त व्यवस्था पालना नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।

कुनै पनि बैंकले आधार दर (बेस रेट) भनदा तल कर्जा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकको रहेपनि सनराइज र मेगा बैंकले भने आधार दर भन्दा तल गएर कर्जा लगानी गरेकोले सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं.१५ (३) (५) मा भएको व्यवस्था बमोजिम कुनै पनि कर्जा आधार दर भन्दा कम व्याजदरमा प्रवाह गर्न पाइने छैन भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकहरुका सञ्चालक समितिलाई सचेत गराईएको’ राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले उल्लेख गरेको छ ।

यस्तै सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गराएकोले बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ को खण्ड (क) बमोजिम बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ ।

यस्तै मेगा बैंकले भने जोखिममा रहेको कर्जाको नोक्सानी व्यवस्था कायम नगरेको साथै निरन्तर ३/४ वर्षदेखि निरन्तर भुक्तानी नभएको कर्जामा पनि कर्जाको विवरण अध्यावधिक नगरि भुक्तानी अवधि बढाएको देखिएको राष्ट्र बैंकले जनाएको छ । मेगा बैंकले ‘मेगा हाउजिङ तथा मोट्गेज लोन’ अन्तरगतको ‘लोयलटी फाइनान्स स्किम’ मार्फत प्रवाह भएको कर्जा बक्यौता सावाँ तथा ब्याज असुल उपर गर्न मात्रै प्रयोग भएको देखिएको राष्ट्र बैंकले जनाएको छ । मेगा बैंकले कर्जा सावाँ तथा ब्याज भुक्तानी गर्न कर्जा दिएको तथा कर्जा नोक्सानी व्यवस्थापन नगर्ने खराब कर्जा लुकाउने जस्तो कार्य गरेकोले राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतलाई पहिलो पटकको लागि सचेत गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने