२०८२ बैशाख १७, बुधबार
 

भूकम्प प्रभावित गाउँपालिकालाई काठमाडौँ महानगरको १० लाख रुपैयाँ सहयोग 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकालाई विपद व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का स्वकीय सचिव भूपदेव शाहले गाउँपालिकाको कार्यालयमा पुगेर अध्यक्ष राम उपाध्यायलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ । महानगरको विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिएको महानगरले जनाएको छ।

गएको कार्तिक २९ गते राष्ट्रिय सभा गृहमा बसेको महानगरको १० औँ कार्यपालिका बैठकले भूकम्पबाट सवैभन्दा धेरै प्रभावित पूर्वीचौकी गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा गाउँपालिकाका अध्यक्ष उपाध्यायले, विषम परिस्थितिको सामना गर्न महानगरबाट प्राप्त भएको सहयोगबाट राहत महसुृस भएको बताउनुभयो । निर्वाचनका कारण यहाँको समस्या ओझेलमा परेका बेला महानगरबाट सहयोग प्राप्त भयो । यो ठूलो सहयोग हो । अध्यक्ष उपाध्यायको भनाइ थियो ।

हामी प्रभावित क्षेत्र हेर्न गएका थियौँ । त्यहाँका घरहरु बस्न सकिने अवस्थामा छैनन् । मानिसहरु पालमा बाहिर छन् । जाडोमा घर बाहिर बस्नुपर्दा बालबालिका, जेष्ठ नागरिक र रोग भएका मानिसहरुलाई समस्या परेको छ । प्रभावित क्षेत्रका अवलोकनका बारेमा जानकारी दिँदै स्वकीय सचिव शाहले भन्नुभयो, विपद व्यवस्थापनमा गाउँपालिकालाई निकै कठिन छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने