२०८३ बैशाख ५, शनिबार
 

राष्ट्रिय स्वतन्त्र पार्टीले आज घोषणा पत्र सार्वजनिक गर्ने

prabhu bank home loan

काठमाडौं – आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचा पत्र सार्वजनिक गर्दै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिस्कार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने