२०८३ बैशाख ५, शनिबार
 

आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने

prabhu bank home loan

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न पाइने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न दिने व्यवस्था गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको हो।

दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्ने व्यवस्था छ । आयोगले आचारसंहिता प्रतिकुल हुनेगरी गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने