२०८३ बैशाख ९, बुधबार
 

एआईजी पोखरेलले पदबाट दिए राजीनामा

prabhu bank home loan

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआइजी पोखरलले पदबाट राजीनामा दिएका हुन् ।

आफूभन्दा जुनियर धिराजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरुद्ध पोखरेलले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । तर, गत शुक्रबार सर्वोच्चले आईजीपी नियुक्तीमा प्रश्न उठाउने ठाउँ नभएको आदेश दिएपछि पोखरेल सामू दुई विकल्प थिए– पदबाट राजीनामा दिने कि अवकास पाउनै लागेको जागिर केही समयसम्म खाने ।

यी दुई विकल्पमध्ये सोमबार उनले पहिलो विकल्प रोजेका छन् । अब उनको राजीनमा आईजीपीमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । त्यसपछि उनको राजीनामा मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + 13 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने