२०८३ बैशाख ९, बुधबार
 

नेप्से परिसूचक १८ अंकले बढ्यो

prabhu bank home loan

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से १८.०३ अकंले बढेर दुई हजार २९.४३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.८३ अंक, फ्लोट इन्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१५ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय ११ कम्पनीको ३१ लाख ४२ हजार चार सय दुई कित्ता सेयर एक अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। आइतबार एक अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

आज नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुईवटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले बढेको छ भने व्यापार र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ।

आज बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, इमर्जिङ नेपालको सेयरमूल्य नाै प्रतिशतभन्दा धेरैले बढेको छ भने चन्द्रागिरी हिल्सको सेयरमूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने