२०८३ बैशाख १७, बिहिबार
 

मन्त्रिपरिषद् पुनर्गठन, थपिए जसपाका तीन मन्त्री

prabhu bank home loan

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त हुनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उहाँहरुलाई सरकारमा पठाएको हो ।

यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव हुनुहुन्थ्यो । नवनियुक्त मन्त्रीको आजै अपराह्न शपथ कार्यक्रम राखिएको बताइएको छ । राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने