

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
आजको बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ ।
हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन प्रति इमानदार नभएको उल्लेख गरिएको थियो ।
बैठकमा केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटिलाई पूर्णता दिन नेताहरूले माग गरेका थिए । गएको पुस तेस्रो हप्ता काठमाडौँमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गर्दै अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो ।
अझैसम्म उपाध्यक्ष, महासचिव, सचिवलगायतका केन्द्रीय पदाधिकारी चयन भएको छैन । नेताहरूका अनुसार केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ ।

