२०८३ बैशाख १७, बिहिबार
 

गठबन्धन यो देशकै लागि अभिशाप हो : ओली

prabhu bank home loan

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् । आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउँने ठाउँ हो यो देश उनले प्रश्न गरे ।

यता जुइनो खुस्किन्छ, त्यहाँ बाँध्यो, यता किला फुस्किन्छ, उता बाँध्यो, गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो । किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बन्ने गरेको उनको आरोप छ । उनले भने, सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ । देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने