२०८२ जेष्ठ ६, सोमवार
 

हात्तिपाइले विरुद्धको आम औषधि सेवन अभियान सुरु

काठमाडौं,

हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम शुक्रबारबाट सुरु भएको छ। हात्तीपाइले रोगकोको उच्च जोखिममा रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

१२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनसंख्यालाई स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानीमा औषधि खुवाउने लक्ष्य रहेको उहाँको भनाइ छ । आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरुमा घरघरमै पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले औषधि खुवाउने छन् ।

उनले सबैलाई औषधि सेवन गर्न आग्रह गर्दै दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले भने यो औषधि सेवन गर्न नहुने निर्देशक डा कृष्ण प्रसाद पौडेलले बताउनुभयो । यस अभियानका लागि पाँच हजार ४ सय स्वास्थ्यकर्मी र नौ हजार पाँच सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार नेपालमा ३० हजार हात्तीपाईलेका बिरामी रहेको अनुमान छ । चैत महिनाभित्रमा सबै जिल्लाका औषधि खुवाउने अभियान सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हात्तिपाइले रोग सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने