२०८३ जेष्ठ १२, मङ्लबार
 

कृषक हाट बजार एप्सका बारेमा जान्नुहोस्

prabhu bank home loan

दिपक उप्रेती,

गाउँमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो परेको समाचारहरू दैनिक रूपमा हामीले सुन्दै आएका छौँ । देशको अर्बौँ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको यथार्थ हामी सबैलाई अवगत नै छ । सो अवस्थालाई केही भए पनि सुधार गर्न हात हातमा हुने मोबाइल वाट निःशुल्क रूपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप हाट बजार “Hat Bazar” विकास गरेका छौँ ।

यस हाट बजार “Hat Bazar”  एप मा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिन्छ ।

किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ, कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ । जस्तै जुम्लामा भएको स्याउ कसैले यस एप मा बेच्न राखेमा उक्त सूचना देश भरी रहेका हाट बजार एप प्रयोग कर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ ।

हाट बजार एपको प्रयोग कर्ताहरूले आफूलाई चाहिएको सामानहरू आव्हान गर्न सक्छन्, जस्तै, भैँसी किन्न चाहियो, २० केजी टिमुर चाहियो, तरकारी बालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन–दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सकिन्छ ।

यो एपमार्फत किन्ने र बेच्नेहरू नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन देन गर्न सक्छन् । अरू कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपुर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ। नेपालको कृषि क्षेत्रमा डिजिटल टेक्नोलोजी भित्रिएको छ, अब किसान र व्यापारीहरूले पनि यस टेक्नोलोजीबाट टाढा नबसी समयमा नै यसको प्रयोग गरी फाइदा लिनुहुनेमा हामी पूर्ण विश्वस्त छौँ ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफ यमहरू सुन्न र सामाजिक संजालमा पनि शेयर गर्न सकिने जस्ता फिचरहरू राखिएका छन् ।

ट्राभहिल डट कम प्रा. लि. मार्फत हामीले ल्याएको यो एपले युवाहरू माझ ‘हामीले उत्पादन मात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास युवामा पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुन्छ, भनेर हाललाई सामाजिक उत्तर दायित्व प्रडक्टको रूपमा लिएको छौ । एन्ड्रोइड र आई ओ एस दुवै प्लेटफर्ममा उपलब्ध भएकोले निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ ।

एप डाउनलोड गर्ने लिङ्क
एन्ड्रोइड युजर
https://play.google.com/store/apps/details?id=com.travhill.hatbazar 977991

आई.ओ.एस. युजर

[12:39, 4/3/2021] Drona Shrestha:हाट बजार एपले कृषि उत्पादनलाई डिजिटलाईजेशन गर्ने प्रयास

कृषकको उत्पादन विक्री नहुने दिन गए, उत्पादन मात्र गर्नु पर्छ तुरुन्त विक्री हुन्छ !

हाटबजार एप कृषि उत्पादन खरिद बिक्री गर्ने मोबाइल ऐप्लिकेशन हो । हजारौँ किसानहरूले आफ्नो उत्पादनहरू हाटमा जसरी बेच्न राखेका हुनेछन् त्यसै गरी यो एपमा पनि विक्री गर्न राख्न सकिन्छ, ग्राहकहरूले पनि आफूलाई आवश्यक सामान सिधै किसान वा विक्रेतासँग मोल मोलाई गरी खरिद गर्न सक्नेछन् ।

तपाईँले पनि कृषि डिजिटलाईजेशनमा योगदान दिनको लागि यो एप डाउनलोड गरेर वा गर्न लगाएर कृषकको उत्पादन किन्न र बेच्न सहयोग पुर्‍याउनुहोस् ।

Android को लागी
iOS को लागि

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने