२०८३ मंसिर १२, शुक्रबार
 

चार लाखमध्ये कसैलाई पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएन

prabhu bank home loan

काठकाडौं,

नेपालमा पहिलो चरणमा कोरोना भाइरस विरूद्धको खोप चार लाखमध्ये कसैलाई पनि स्वास्थ्यमा गम्भीर समस्या नभएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौंमा मन्त्रालयले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भन्नुभयो, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके । त्यसमध्ये ९ जनालाई अलि बढी ज्वरो आयो । तर अहिले सबै सञ्चो भइसक्नु भएको छ ।’

पहिलो चरणमा स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख बढीलाई खोप दिने सरकारले लक्ष्य राखेको थियो । लक्षित समूहका ८५ प्रतिशतले खोप लगाउनु भएको बताउँदै उहाँले यो खोप सुरक्षित देखिएकाले सबै ढुक्क भएर लगाउन पनि अनुरोध गर्नुभएको छ ।

फागुन २३ गते देखि दोस्रो चरणको खोप कार्यक्रम अघि बढने पनि उप्रेतीले जानकारी दिनुभयो । दोस्रो चरणमा ५५ वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोग लागेका ४५-५४ वर्ष समूहका मानिसलाई खोप लगाउने सरकारले तयारी गरेको छ । यो समूहमा ५१ लाख बढी जनसंख्या रहेको मन्त्रालयले अनुमान गरेको छ ।

५१ लाख मानिसलाई दुई डोज खोप दिन खेर जान सक्ने खोपसमेत हिसाब गर्दा सवा करोड खोप चाहिने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ । दोस्रो चरणको खोप पूरा हुँदा नेपालको कुल जनसंख्याको २० प्रतिशतले खोप पाइसक्ने जानकारी स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताउनुभयो ।

१५ वर्षमाथिका मानिसलाई मात्र खोप लगाउने तयारी सरकारको छ । त्यो उमेर समूहभन्दा तल खोपको परीक्षण भएको छैन । जम्मा २ करोड १७ लाख मानिसलाई खोप लगाउने मन्त्रालयको लक्ष्य छ । असार दोस्रो हप्तासम्म दोस्रो चरणका दुबै डोज खोप लगाइसक्ने योजना रहेको उहाँको भनाइ छ ।

मन्त्रालयले भारत सरकारबाट अनुदानमा प्राप्त भएको १० लाख खोप आयात गरिसकेको छ । अर्को २० लाख डोज खोपका लागि पैसा पठाएर त्यसमध्ये १० लाख डोज पनि ल्याइसककेको छ । अब पचास लाख डोज खोप किन्न भारतको सेरम इन्स्टिच्युटसँग वार्ता भैरहेको पनि सचिव अर्यालले जानकारी दिनुभयो । कोभ्याक्समार्फत् नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप युनिसेफबाट अनुदानमा पाउने पनि उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eleven − eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने