२०८३ बैशाख ८, मङ्लबार
 

नेपाली सेनाद्धारा एकीकरण मार्ग पदयात्रा सुरु

prabhu bank home loan

गोरखा,

पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले गोरखा दरबारबाट गोरखा–काठमाण्डौं एकीकरण मार्ग पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ–नुवाकोट–काठमाडौंको पैदलमार्ग हुँदै हनुमानढोका पुगेर टुंगिने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पछ्याउँदै नेपाली सेनाले पदयात्रा गर्नेछ । पुष २६ गते काठमाडौंको हनुमानढोका दरबारमा पुग्ने गरी पदयात्राको कार्यक्रम तय गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज) को झण्डासहित टोलीले पदयात्रा सुरु गरेको हो । सेनाका यी पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

हनुमान भञ्याङबाट यात्रा सुरु गरेको रणसिंह दल गणले ताप्ले–अश्राङ– बोर्लाङसम्मको पहिलो खण्डको यात्रा मंगलबार साँझसम्ममा पुरा गरिसकेको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिनुभयो । रणसिंह दलले धादिङको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गरेको र धादिङ खण्डको यात्रा पूरा पछि नुवाकोटको जबरजंग गणले झण्डा र टर्च काठमाडौंसम्म पुर्‍याउने जिम्मा पाउने उहाँले जानकारी दिनुभयो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले ऐतिहासिक पदमार्गको संरक्षण गर्दै पदमार्ग विकासका लागि तीन तहकै सरकारहरू संयुक्त रूपमा समन्वय गरेर अघि बढ्नुपर्ने बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने