२०८३ बैशाख ८, मङ्लबार
 

आज २०७९ भाद्र ३१ गते शुक्रबारको राशिफल

prabhu bank home loan

मेष – नयाँ कामको सुरुवात हुनेछ । छिमेकी संग भने केहि बिवाद आउनेछ । शैक्षिक प्रगति तथा यात्रा रमाईलो हुनेछ । धार्मिक कार्यमा मन लगाउदा राम्रो हुनेछ , मनमा धेरै कुराहरु आउने तथा आर्थिक प्रगति गर्न धरै बाटाहरु हुनेछन् ।

वृष –  परिवारमा बिवाद आउन सक्छ । आमाबुवाको मन दुखाउने हुँदा होसियारी हुुनुहोला , कृषिमा भने सफल्ता मिल्नेछ । बैदेशीक यात्रामा केहि अवरोध हुने तथा स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुन – एकान्तको बासोबास गर्न मन लाग्नेछ , आकस्मिक आर्थिक लाभ मिल्नेछ । शैक्षिक प्रगति भने हुनेछ । दाजुभाई हरु संग बिवाद हुनेछ ।

कर्कट – आर्थिक अभावले सताउनेछ । भविष्यको लागी केहि योजना बन्ने छ । सन्तानको प्रगतिले समाजमा मान बढ्नेछ । संगित तथा सौन्दर्यको लागी खर्च हुनेछ । नयाँ कामको सुरुवात नगर्दा राम्रो हुनेछ ।

सिंह – बोलीबचनमा ध्यान दिनुहोला बिवादमा परिने योग रहेकोछ । धार्मिक कार्यमा मन जानेछ । व्यापार तथा कृषिको लागी उत्तम रहेकोछ । बिनाकारण झै झगडा मा परिनेछ ।

कन्या – परिवारमा बिवाद हुनुका साथै जागिरमा उच्च मुल्याङ्कन हुनेछ , भोजभतेरमा सहभागी हुनुपर्ला , बिनाकारण जरिवाना तिर्नुपर्ने छ । सन्तानको कारण समाजमा केहि भनाई खानुपर्ने छ ।

तुला –  यात्रामा नोक्सानी हुनेछ । प्रेमप्रस्ताव नआउला भन्न सकिदैन् । व्यापार भन्दा घरायसी काममा वढि व्यस्त हुनुपर्ने छ । परिवारको लागी व्यस्त हुने दिन आएको छ ।

वृश्चिक -मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु – आजको दिन समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । आजको दिन अध्ययन अध्यापनको काममा ध्यान दिनु होला । कसैलाई पनि धन दिनु भन्दा पहिले एकपटक सोच विचार गरेर मात्र दिनुहोला ।

मकर – धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । शिवालयको यात्रा अवस्य गर्नुहोला ।

कुम्भ – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन – अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि आजको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − nine =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने