२०८३ बैशाख ८, मङ्लबार
 

महादेवबेशी-निगाले -आग्रा सडकको डिपिआर सुरु

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाँउपालिकाको महादेवबेशीबाट मकवानपुरको थाहा नगरपालिका जोड्ने आग्रा सम्मको सडकलाई कालोपत्रे गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) सूरु भएको छ ।

महादेवबेसी– निगाले-आग्रा सडकमा अहिले भईरहेको अप्ठ्यारो अवस्थालाई मध्यनजर गरि सडक निर्माणका लागि डिपीआर सुरु गरिएको थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बिजय तामाङले बताए । सडकको डिपीआरको काम सकिने बित्तिकै बोलपत्रको तयारी गर्ने तामाङले बताए । अहिले गरेको डिपिआरले  १० किलोमिटर सडक कालोपत्रे हुने उनले बताए।

धादिङ जिल्लाको महादेवबेसी बाट मकवानपुर जिल्लाको थाहा नगरपालिका जोड्ने सडकको अवस्था कच्चि भएकाले सवारी आवतजावतमा समस्या भईरहेको छ । यहि समस्याको निराकरणका लागि सडक कालोपत्रे गर्ने योजना अघि सारेको अध्यक्ष तामाङले बताए । अबको केहि दिन देखिनै काम सुरु हुने समेत उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने