२०८१ माघ ३०, बुधबार
 

गौतमबुद्ध कप क्रिकेटको उपाधी टिम राप्तीलाई

चितवन,

चितवनमा सम्पन्न गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताको उपाधी टिम राप्तीले जितेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको छेउमा रहेको नमुना क्रिकेट खेलमैदानमा मँगलबार भएको फाइनलमा राप्तीले टिम नारायणीलाई ९ रनले पराजित गर्दै उपाधी जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन मात्र बनाउन सक्यो ।

टिम राप्तीको कप्तानी विनोद भण्डारीले गरेका थिए भने टिम नारायणीको कप्तानी करण केसीले गरेका थिए । प्रतियोगिताअघि नारायणीको कप्तान पारस खड्कालाई तोकिए पनि उनी एक दिनअघि कोरोना संक्रमित भएपछि चितवन गएनन् । पहिलो खेलमा सुवास खकुरेलले नारायणीको कप्तानी गरेका थिए । तर उनी पनि घाइते भएपछि करण केसीले नारायणीको कप्तानी गरेका हुन् ।

बागमती प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा राप्ती, बागमती र नारायणी गरी तीनवटा टिमले प्रतिस्पर्धा गरेका थिए । राप्तीले लिगमा टिम बागमती र टिम नारायणी दुवैलाई हराएको थियो भने फाइनलमा पनि टिम नारायणीलाई पराजित गर्दै उपाधि जितेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने