२०८३ बैशाख ९, बुधबार
 

प्रेस सेन्टर नेपाल पर्वतमा नयाँ नेतृत्व चयन।

पर्वत

prabhu bank home loan

प्रेस सेन्टर नेपाल पर्वतको जिल्ला भेला सम्पन्न भएको छ। आगामी दिनमा आउने चुनौती तथा अबसरलाइ सदुपयोग गर्दै योजना र रणनीतिलाई शसक्त बनाउने उद्देश्यका साथ गरिएको भेलाले निर्मल पौडेल को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दीपसागर पौडेल ,महिला उपाध्यक्ष सविता शर्मा ,सचीव साजन परियार तथा कोषाध्यक्ष रामजी आचार्य लाई चयन गरेको भेलाको प्रमुख आथित्यता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पर्वत जिल्ला इन्चार्ज गुप्त बहादुर हमालले गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै उनले  हिजो अर्जुन दृस्टी राखेर एकताको पक्षमा होमिएको तर  केपी वलिमा आएको बिचलनका कारण आज एक छातामा अटाएका पत्रकार संगठनहरु समेय फुट्नु परेकोमा दुख व्यक्त गरे भने संविधान सभा सदस्य तथा माओवादी केन्द्रका अर्का नेता गुणाखर बस्यालले हिजोका गल्तीहरुलाइ सच्चाउदै पार्टी र संगठनलाई मजबुत र शशक्त बनाउने हिसाबले सबै साथीहरु एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिएका थिए।

भेलाद्वारा मनोनीत हुने अन्य  सदस्यहरुमा किशोर मनस्वी,बसन्त तिमिल्सिना ,ज्ञान प्रसाद भुसाल जनक तिवारी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने