म नारी,
सबै रंगमा घुल्न सक्ने
सबै तरंगमा भुल्न सक्ने।
म किनार हुँ नियाल्दैछु
मातिएर हिडेका ती नदिलाई
किनकि ती नदिले सयर गर्ने संसारमा म हराउने गर्छु।
त्यसैले त म नारी सबै रंगमा घुल्न सक्ने,
सबै तरंगमा भुल्न सक्ने
मलाई तर्साउँछ मेरो लक्ष्यले लामा लामा
स्वासको सुस्केरा हाल्दै
सायद बूढो भएर होला
मै पनि त समय दिन सकिनँ उसलाई
म त तल्लीन थिएँ सन्तानको भबिस्य निर्माणमा
त्यसैले त म नारी,
सबै रंगमा घुल्न सक्ने
सबै तरंगमा भुल्न सक्ने।
म उज्यालो खोज्न सक्दिनँ आफ्नो अनुहार निभाएर
म त एउटा जुनकीरी हुँ जो आफुसङ्ग भएको धिपधिप उज्यालो लिएर संसार चम्काउन हिड्छ।
त्यसैले त म नारी
सबै रंगमा घुल्न सक्ने
सबै तरंगमा भुल्न सक्ने।
✍️प्रज्ञा खड्का अनुभुती
कुसुन्ती,ललितपुर