

दशैं लाग्यो तपाइँहरु किनमेलको काममा व्यस्त हुनुहुन्छ अथवा योजनामा हुनुहुन्छ होला । काठमाण्डौंमा तपाइँले खोजे जस्ता किनमेलका ठाँउहरु छन् । तर सी टी सी महलमा किनमेल गर्न जादै हुनुहुन्छ भने अवस्य एक पटक सोच्नु होला ।
सुन्धाारा स्थित सी टी सी महलमा पार्किङको राम्रो व्यवस्था छ तर पार्किङ व्यबस्थापनको जिम्मा पाएकाहरूको मनपरी र दादागिरीले गर्दा तपाइँ दुर्घटनामा पर्न सक्नु हुन्छ ।
चंखेली खबरकर्मी ले प्रत्यक्ष भोगेको घटना यस्तो छ:
सुन्धारा स्थित सी टि सी महलको पहिलो तलामा नै बाइक पार्किङ छ । महलको उत्तरतिरबाट प्रवेश गर्न सकिन्छ भने बाहिरीने बाटो दक्षिण पूर्व हुँदै । जहाँ दुई तलाको उकालो पार गरेर मात्र बाहिरीन सकिन्छ ।
म आफ्नो काम सकेर प्रवेश गरेकै ठाँउबाट फर्किएँ । पार्किङमा खटीएका पहलमानहरुले रोके र बाहिरीने बाटो अर्को भएकोले सोहि बाटोबाट जान अनुरोध गरे । आफ्नो स्कुटरमा समस्या आएकोले सोही अनुरुप मैले पनि सालिन रुपले साधनले उकालो चढ्दैन त्यसैले यो बाटो भएर फर्किएको जानकारी गराएँ ।
तर पनि अगाडी बढ्न नै दिइएनन् । साधनले उकालो नचढेर दुर्घटना हुन सक्छ पनि भने तर पहलमान हरुले मान्दै मानेन् । मैले अनुरोध कै शैलीमा आफ्ना कुराहरू राखिरहेँ, र दुघर्टना भएमा जिम्मेवारी लिने हो भने उनीहरुले देखाएको बाटोबाट फर्किन्छु समेत भने । यो बेला सम्म झण्डै ७/८ जना पहलमानहरुले मलाई घेरी तथानाम गाली गर्न भ्याई सकेका थिए । म मिडीयाबाट हो यो जनतालाई तपाइँहरुको यो व्यवहार उचित भएन म प्रकाशित गर्न सक्छु समेत भने ।
मिडीया सिडीया थाहा छैन जे जे लेख्छौ लेख तर बाहिरीने बाटोबाट नै बाहिरीनुपर्छ भन्ने उनीहरुको अडानमा कायमै रहे । म थप विवाद नगरी दुर्घटनाको जोखीम लिएर उनीहरुले भनेको बाटोतिर नै लागेँ ।
उकालोको बिच बाटोमा पुगेपछि साधनले उकालो तानेन । तत्कालै साधनलाई नियन्त्रणमा लिन सकेकोले दुर्घटना भएन । बिच बाटोमा रोकिएको साधानलाई पार्किङमा रहेका एक दयालु ब्यक्तिले धकेलेर उकालो पार गराई दिए । र मेरो यात्रा सुरक्षित भयो ।
पैसा खर्च गर्नु नै छ भने किन दुर्घटनाको जोखीम लिने ? म जस्तै तपाइँ पनि काम विशेष ले सिटिसी मल छनोट गर्दै हुनुहुन्छ भने एकपटक पक्कै पुनर्बिचार गर्नुस् । पसिना बगाएर आर्जेको आफ्नो पैसा बोकेर खर्च गर्न पनि व्यवहारिकता नभएको स्थानमा पुगेर अनाहकमा किन आफुलाई अपहेलित महसुस गर्ने? जनताको सुबिधा र कानुनको तालमेल मिलाउदा व्यवहारिकता लाई हेरिनु पर्दैन?

