२०८३ बैशाख १७, बिहिबार
 

रामेछापमा जीप दुर्घटना ,तिनको मृत्यु एक बालक घाइते

काठमाडौ

prabhu bank home loan

रामेछाप स्थित खुर्कोट-मन्थली सडकखण्डमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक श्री शंखर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ओखलढुंगाका करिब ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूवाको मृत्यु भएको हो।‘ दुर्घटनामा मृत्यु भएका श्रीमान, श्रीमतीको पहिचान खुलेको छ। अर्का एक पुरुषको परिचय खुल्न बाँकी रहेको छ।’ उनले भने, ‘एक जना गम्भीर घाइते बालकलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।’
मन्थली नगरपालिका-६मा जीप दुर्घटना भएको हो।  श्रेष्ठले जिल्ला प्रहरी कार्यालय घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र उद्दारमा जुटेको बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

nineteen − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने