२०८३ असार ६, शनिबार
 

नारायणी किनारामा छठ मनाइयो [तस्बिरहरु]

prabhu bank home loan

चितवन – छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नारायणगढ नारायणी नदी किनारमा भक्तहरुको बाक्लो उपस्थिति थियो । तराई सामुदायिक सेवा केन्द्रले छठ पूजा व्यवस्थापन गरेको थियो । पहिला छिटपुटरुपमा पूजा हुने गरेकोमा २० वर्षयता उपस्थिति बाक्लिन थालेको समितिका सचिव नारायणप्रसाद परिहस्तले बताए ।

पछिल्लो १० वर्षमा नारायणी किनारमा हज्जारौं हज्जारले भाग लिन थाले । ‘आज पनि आठ १० हजारजना आएको अनुमान छ । व्रत लिएकाहरुलाई बस्नका लागि हामीले नदी किनारमा २३५ मिटर लम्बाइ र ३६ मिटर चौडा पण्डालहरु लगाएका छौं,’ सचिव परिहस्तले भने । छठ मिथिला क्षेत्रमा विशेष रुपले मनाइने गरिन्छ । तर पछिल्ला वर्षहरुमा छठको ख्याति देशभर फैलिएको छ । चितवनमा मिथिला क्षेत्रका मात्रैले नभएर स्थानीयले पनि छठको पूजा सुरु गरेका छन् ।चितवनमा नारायणगढ नारायणी किनारमा मात्रै नभएर पदमपुरको खगेरी खोलामा, माडी, पर्साजस्ता ठाउँका जलाशयहरुमा पनि छठ मनाउनेहरुको भिडभाड हुने गरेको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन हुने गर्दछ ।

हेर्नुहोस् तश्विरहरू :

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 − one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने