२०८३ असार ६, शनिबार
 

सिद्धार्थ बैंकका सीइओले हिसाव किताव तलमाथि पारेको भन्दै पर्यो उजुरी

उनले तेह्र अर्व एक करोड चौवन्न लाख नब्बे हजार रुपैयाँको हिसाव किताव तलमाथि पारेको आरोप

prabhu bank home loan

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विरुद्ध उजुरी परेको छ । बैंकका सीइओ सुन्दर प्रसाद कडेलले हिसाव किताव तलमाथि पारेको भन्दै कारवाही गर्न माग गर्दै अध्यक्ष समक्ष उजुरी परेको हो ।

उनले तेह्र अर्व एक करोड चौवन्न लाख नब्बे हजार रुपैयाँको हिसाव किताव तलमाथि पारेको भन्दै सूचना अभियान्ता अंगराज भारतीले बैंकको अध्यक्ष कहाँ उजुरी गरेका हुन् । अर्थिक वर्ष २०७७/२०७८ मा बैंकले उत्पादनशिल क्षेत्रमा गरेको कर्जा लगानीबारे नेपाल राष्ट्र बैंकमा गलत विवरण पेश गरेको भन्दै भारतीले उजुरी दिएका हुन् ।

भारतीले बैंकलाई अब्बल देखाउन सीइओले ठूलो रकमको हिसाव तलमाथि पारेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७७/२०७८ को कार्तिक महिनामा बैंकको उत्पादनशिल क्षेत्रको साना, घरेलु तथा मझौला उद्योग क्षेत्रमा चौहत्तर करोड ६१ हजार रुपैयाँ मात्र कर्जा प्रवाह गरेका थियो । सो कर्जा मंसीर महिनामा आई पुग्दा तेह्र अर्ब पचहत्तर करोड ६१ लाख पुगेको बैंकको रिर्पोटमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार साना, घरेलु, मझौला क्षेत्रमा एक करोड भन्दा मुनिको कर्जा मात्र समावेश गर्ने पाउने भएकोले मंसीर महिनामा मात्र बैंकले सो क्षेत्रमा न्यूनतम पनि १ हजार ३ सय १ वटा नयाँ कर्जा स्विकृत गरेको देखिन्छ । बैंकले एक महिनामा न्यूनतम १ हजार ३ सय १ वटा नयाँ कर्जा स्विकृत गर्न सम्भव नभएको भारतीको बुझाई छ । भारतीले यसरी अर्को शिर्षकको रकम अर्कोमा राख्न सक्ने सीइओले जनताको निक्षेप पनि एक व्यक्तिको रकम अर्को व्यक्ति खातामा राख्न सक्ने भन्दै उनलाई तत्काल कारवाही गर्न माग गरेको जनाएका छन् ।

भारतीले असम्भव हुने काम देखाएर बैंकले कर्जाको शिर्षक हेरफेर गरेर बदमासी गरेको भन्दै सीइओलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । कडेल २०७८ साल मंसिर २७ गते बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनैले २०७७/७८ को बार्षिक साधारणसभा गराएका थिए ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार अनेत्रको शिर्षक साना, घरेलु, मझौला क्षेत्र उद्योग शिर्षकमा राखेको जनाएको छ । तर उक्त समयमा राष्ट्र बैंकले कुनै पनि निर्देशन जारी गरेको छैन ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने