

सिन्धुपाल्चोक,
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको पहलमा जनबादी गणतन्त्र चीन सरकारबाट प्राप्त आपतकालीन सामग्रीहरु शुक्रबार सिन्धुपाल्चोक जिल्लाका ४ पालिकाको लागि हस्तान्तरण कार्यक्रम तातोपानी भन्सार कार्यालय लार्चा । चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित स्थानीय तहहरु (भोटेकोशी, बाह्रविसे, जुगल र चौतारा) का लागि प्राप्त राहत सामग्री उल्लेखित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भएको छ ।
तस्वीरहरुः पत्रकार सुरेश कसजु ।






