२०८३ बैशाख ५, शनिबार
 

धादिङमा ६ दिन मदिरा बेचविखन गर्न प्रतिबन्ध

prabhu bank home loan

धादिङ – धादिङमा मङ्सिर १ गतेदेखि ६ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७९ को दफा ६ (थ), गृह मन्त्रालयको परिपत्र तथा जिल्ला सुरक्षा समिति धादिङको कात्तिक २८ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो ।

कात्तिक ३० गते राति १२ बजेदेखि मंसिर ६ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने